इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित

गौर। नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेले तेस्रो नगरपालिकामा जित निकाल्न सफल भएको छ । पूर्वमन्त्री साहको निर्वाचन क्षेत्र रौतहट ३ मा पर्ने जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार कन्थमुनि जयसवालले रोमाञ्चक जित निकालेका हुन् । गठबन्धनको अगुवाई गरेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उम्मेदवार बृजकिशोर यादवलाई जयसवालले ३७ मत अन्तरले पराजित गरेका छन् । गरुडामा मात्र नभई जिल्लामै लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने जयसवाललाई हराउन गठबन्धनको षढयन्त्र बिफल पार्दै एमाले उम्मेदवार जयसवाललाई जिताउन प्रभु साह सफल भएका हुन् । यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गरेकी थिइन् । मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका थिए । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ । पूर्वमन्त्री साहकै क्षेत्र रौतहट ३ मा पर्ने देवाही गोनाही नगरपालिकामा पनि पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार प्रेमलाल साहले गठबन्धनको उम्मेदवार जसपाकी मधुलिका पटेललाई ४९५ मतले पराजित गरेका थिए ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता