इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रश्नपत्र दिने भनेर फकाइफुलाई बलात्कार प्रयासको आरोपमा शिक्षक पक्राउ

रामेछाप: आफ्नै विद्यालयकी छात्रालाई ललाइफकाई बलात्कारको प्रयास गर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित नवदर्शन माविका शिक्षक मानबहादुर सार्कीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कक्षा ९ मा अध्ययनरत छात्रालाई गत मंसिर २६ गते विद्यालय समयपछि प्रश्नपत्र दिने भनेर फकाइफुलाई सार्कीले आफ्नै घर आसपासको कोही नभएको पुरानो घरमा लगेर बलात्कार प्रयास गरेको जाहेरी आइतबार जिल्ला प्रहरी कार्यालयमा परेको थियो । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार बालिकाले आफूलाई शिक्षक सार्कीले प्रश्नपत्र दिने भनेर फकाएर आफ्नो घरनजिकै रहेको पुरानो घरमा लगेको र संवेदनशील अंग समाई बलात्कार गर्ने प्रयास गरेको भन्दै आइतबार जाहेरी दिएकी थिइन् । गाउँपालिकाले दिएको अनुदानबाट तलब भत्ता खाने सार्की कम्प्युटर शिक्षा पढाउने करारका शिक्षक हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क