इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रहरी असल नागरिकका लागि साथी र गलत काम गर्नेका लागि कारबाही गर्ने शक्ति हो: नगर प्रमुख लामा

हेटाैँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले नेपाल प्रहरी असल र सोझा नागरिकका लागि साथी तथा गलत काम गर्नेहरूका लागि कारबाही गर्ने शक्तिका रूपमा रहनुपर्ने बताएकी छन्। ७१औँ प्रहरी दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी आमनागरिकको भरोसा र विश्वासको महत्वपूर्ण संस्था बनेको उल्लेख गरिन्।

​नगर प्रमुख लामाले शान्ति सुरक्षा कायम गर्नुका साथै विपद् र अप्ठ्यारा परिस्थितिमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरिन्। समाज र राजनीतिक परिवर्तनसँगै प्रहरीले आफूलाई संस्थागत रूपमा विकास गर्दै लगेको र नागरिकको अपेक्षा पनि बढेको उनको भनाइ छ।

​स्थानीय तह र प्रहरीबीचको सहकार्यबारे चर्चा गर्दै उनले हेटौँडा उपमहानगरपालिका, बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबीच निरन्तर समन्वय भइरहेको जानकारी दिइन्। विपद् व्यवस्थापन तथा सुरक्षा सम्बन्धी काममा प्रहरीलाई सहज वातावरण बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताइन्।

​नागरिकले खोजेको सुशासन र विश्वास कायम गर्न प्रहरी र स्थानीय सरकारको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा नगर प्रमुख लामाले जोड दिइन्। सो अवसरमा उनले अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुभकामनासमेत आदानप्रदान गरेकी थिइन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क