इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रेमदेखि विवाहसम्म, कसरी बने नीता र हरिहर उदाहरणीय जोडी ?

नायिका नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीको प्रेमको खबर जतिबेलादेखि मिडियामा सार्वजनिक हुन थाल्यो, धेरै दर्शकले उनीहरुप्रति चासो पनि देखाउन थाले । विशेषगरि, केही बर्ष अगाडि विरगञ्जमा आयोजना भएको चलचित्र महोत्सवपछि नीता र हरिहर नजिक भएका थिए । उनीहरुको निकतटा बिस्तारै प्रेममा परिणत भयो र शुक्रबार उनीहरुले बिहे पनि गरे । नेपाली फिल्मका कलाकारहरुको प्रेम बिहेमा परिणत हुन निक्कै गाह्रो भएको पाइन्छ । प्रेमको चर्चा हुँदाहुँदै उनीहरु कि त अलग हुन्छन् कि त अरु कोहीसँग बिहे गर्छन् । यसैले, नीता र हरिहरले कुनै पनि दिन सार्वजनिक रुपमा प्रेम रहेको बताएनन् । बरु, उनीहरुले आफूहरुको सहकार्यलाई म्यूजिक भिडियो हुँदै फिल्ममा परिणत गरे । निक्कै सुझवुझ तरिकाले नीता र हरिहरले प्रेमलाई बिहेमा परिणत गरेका छन् ।प्रेमको हल्ला गर्दा यति भविष्यमा बिहे भएन भने त्यसको असर दुबैको जीवनमा पर्ने निश्चित थियो । यही कुरा वुझेका दुइले, बिहेको दिन पक्का नभएसम्म प्रेम छ भनेनन् । बरु, दुबै जना मिलेर फिल्म बनाउने तयारी गरे । उनै, उदाहरणीय जोडीले शुक्रबार अग्नी र आफन्तलाई साक्षी राखेर बिहे गरेको छ । बिहेमा सिमित फिल्मीकर्मी र उनीहरुको आफन्त र परिवार उपस्थित थिए । सामाजिक संजाललाई हेर्ने हो भने, उनीहरुले बिहेमा नेपाली संस्कारलाई नअगालेको भन्दै आलोचना भैरहेको छ । हल्दी लगाएर तस्वीर सार्वजनिक गरेपछि हरिहर आलोचित भए । किनकी, नेपाली समाजमा हल्दी सेरेमोनी प्रचलित छैन । खैर, जे जस्तो भएपनि हरिहर र नीताको प्रेम सफल तरिकाले बिहेमा अवतरण भएको छ । अब, नयाँ जीवनको उडान अझै सुखद तरिकाले उनीहरुले अगाडि बढाउन आवश्यक छ । यसले, उनीहरु पर्दामा जस्तै सामाजिक रुपमा भने रोल मोडल बन्नेछन् ।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता