इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रेस युनियनको आयोजकमा इटहरीमा `युथ कंग्रेस कन्क्लेभ ´ कार्यक्रम सम्पन्न

सन्जिप तिम्सिना सुनसरी / इटहरीमा रहेको दुर्गा पार्टी प्यालेसमा हिजो शनिबार `युथ कंग्रेस कन्क्लेभ ´ नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तर्गत इटहरी उपमहानगर समितिले गरेको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेताहरुको विचार र भिजनलाई बाहिर ल्याउनको लागि कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा इटहरीको शैक्षीक उन्नयनको बिषयमा युवानेता प्रदीप केसी, महिला तथा समावेशीताको सवालः निर्मला चौधरी, प्रविधि मैत्री सहरः मन्दीप भट्टराई, आर्थीक समृद्धीका आधारहरुः विक्रम घिमिरे, सामाजीक लोकतन्त्रका सवालहरुः सुवेक्छुक देवान, व्यवस्थीत श्वास्थ्य सेवाः सन्दीप पौडेल र कला साहित्यको बिषयमा रंगकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्ने गरेका थिए । वडाका युवा नेताहरुले वडास्तरीय समस्या कार्यक्रममा राखेका छन् । युवाहरुको रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी काँग्रेसबाट मेयरका दाबेदार नेताहरुले आफ्नो योजना सहित भनाई राखेका छन् । हाल देखीएका दाबेदार मध्ये नगर सभापती हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि भिम बहादुर पौडेल र रोहीत प्रसाईले आ-आफ्नो भनाई राखेका थिय । नेपाली काँग्रेस संसदीय दलका नेता तथा काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतीथ्यतामा कार्यक्रम इटहरीका सरोकारका बिषयमा छलफल भएको प्रेस युनियन इटहरीका सचिव मनोज दाहाल बताउछन् । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आफ्नो कुरा राखेर कार्यक्रम समापन गरेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क