इन्फो नेपाल — सञ्चारको सञ्जाल

फेसबुक प्रोफाइल किन र कसरी लक गर्ने ?

फेसबुकमा साथी नभएको तर कसैको प्रोफाइल हेर्न खोज्दा 'दिस अकाउन्ट इज लक्ड' अर्थात् यो अकाउन्ट लक गरिएको छ भनेको देख्नु भएको छ? प्रयोगकर्ताले आफ्नो फेसबुकलाई थप निजी वा गोप्य राख्न खातालाई लक गर्न सक्छन्। यो फेसबुक सुरक्षाअन्तर्गत पर्छ। धेरैले फेसबुक सुरक्षित राख्न 'टु फ्याक्टर अथेन्टिकेसन' पनि राख्‍ने गर्छन्। यसमा भने आफ्नो फेसबुक कुनै नयाँ ब्राउजरबाट खोल्दा प्रयोगकर्ताले मोबाइल अथवा इमेलमार्फत आफूले नै फेसबुक खोल्न खोजेको भेरिफाइ गर्नुपर्ने हुन्छ। जसका लागि फेसबुकले मोबाइल नम्बर अथवा इमेलमा लग-इन कोड पठाउँछ। टु फ्याक्टर अथेन्टिकेसनले फेसबुलाई नयाँ ब्राउजरबाट सहजै लग-इन गर्न दिँदैन। तर तपाईंको प्रोफाइललाई अन्य प्रयोगकर्ताले सजिलै हेर्न अथवा स्टक गर्न सक्छन्। यदि तपाईंलाई आफ्नो फेसबुक निकै गोप्य र आफ्नो फेसबुक साथीले मात्र हेर्ने बनाउन मन छ भने फेसबुक लक गर्न सक्नु हुन्छ। यसो गरेपछि तपाईंको साथीको सूचीमा भएका प्रयोगकर्ताबाहेक अरूले फेसबुक स्टक गर्न सक्दैन। यसो गर्दा तपाईले फेसबुकमा राख्नुभएको प्रोफाइल फोटो र कभर फोटो भने देखिन्छ। तर यसलाई जुम गरेर हेर्न भने मिल्दैन। फेसबुकले हाल यो फिचर सबै देशमा उपलब्ध गराएको छैन। जसमध्ये नेपाल पनि पर्छ। यदि तपाईं नेपाल बाहिर देशमा हुनुहुन्छ भने यसरी गर्नुहोस् मोबाइल एपबाट आफ्नो फेसबुलाई लकः १. सुरुमा मोबाइल एपबाट फेसबुक खोल्ने र आफ्नो प्रोफाइलमा जाने २. 'एड टु स्टोरी' लेखिएको छेउमा 'एडिट प्रोफाइल' र तीनवटा डट देखिन्छ। त्यसबाट तीन वटा डटमा जाने ३. यहाँ तपाईंले 'लक प्रोफाइल' भन्ने विकल्प देख्न सक्नुहुन्छ, त्यसलाई चयन गर्ने ४. त्यसपछि फेसबुकले तपाईंको प्रोफाइल लक भएपछि के-के हुन्छ र कस्तो देखिन्छ भनेर बताइदिन्छ ५. अन्तिममा, उक्त पेज स्क्रोल डाउन गर्ने र त्यहाँ भएको 'ओके' विकल्पमा ट्याप गर्ने यसरी तपाईंको फेसबुक लक हुन्छ। अब तपाईंको फेसबुकमा भएका साथीहरूबाहेक अन्‍य प्रयोगकर्ताले प्रोफाइल हेर्न सक्दैन। नेपालमा यो फिचर उपलब्ध नभएको हुँदा केहीले भिपिएन प्रयोग गरेर फेसबुक लक गरेको पाइन्छ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता