इन्फो नेपाल — सञ्चारको सञ्जाल

फोनको सुरक्षाका लागि आजै त्याग्नुहोस् यी ४ भ्रम

काठमाडौं । हामीले हाम्रा रहर पुरा गर्न फोन, ल्यापटप र टिभीजस्ता महङ्गा सामान प्रयोग गरिरहेका हुन्छौं । किनिसकेपछि ती कुरामा आफ्नो छुट्टै लगाव हुनु स्वभाविक नै हो । अनि कतिपय अवस्थामा सामान्य कुरामा ध्यान नदिँदा हाम्रा ग्याजेटहरू बिग्रिरहेका हुनसक्छन् । भौतिक कमजोरीबाट ग्याजेट नबिग्रियोस् भन्नका लागि त सबैभन्दा उपयुक्त विधि नै सतर्कता अपनाउनु हो । यसबाहेक ग्याजेट बचाउन तपाईंले केही सुरक्षाका उपायहरू अपनाउन पर्छ । त्यसबाहेक तपाईँका कुन कुन सामान्य क्रियाकलापले ती ग्याजेटहरू बिगारिरहेका छन् भन्ने विषयमा चर्चा गरौँ । १. धेरै चार्ज गर्ने बानी हामीमध्ये कतिपयलाई आफ्ना ग्याजेट धेरै चार्ज गर्दा राम्रो हुन्छ भन्ने भ्रम हुन्छ । तर, यही बानीले ग्याजेट बिगार्छ भन्ने कुराबारे सबैलाई जानकारी नहुन सक्छ । एप्पलका अनुसार यदि तपाईंले फुल चार्ज गरिसके पनि चार्जबाट फोन वा अन्य ग्याजेट निकाल्ने गर्नुभएको छैन भने त्यसले ब्याट्री हेल्थमा समस्या पुर्‍याउँछ । एन्ड्रोइड फोन उत्पादक कम्पनी सामसङले फोन धेरै समयसम्म वा रातभर चार्जमा छोड्न नहुने बताएको छ । त्यस्तै ह्वावेले फोन ३० देखि ७० प्रतिशतसम्म चार्ज गर्नुले ब्याट्री लाइफ लामो समयसम्म रहन्छ । फोन चार्ज कम (low) पनि हुनु हुँदैन र पूर्ण (Full) पनि हुनु हुँदैन । औषत रूपमा फोन ३० देखि ९० प्रतिशत बीचमा हुँदा लामो समयसम्म ब्याट्री सकारात्मक प्रभाव पार्छ । २. सस्तो सामग्रीमा आकर्षण यदि तपाईंको फाेनको चार्जर हरायो भने के गर्नुहुन्छ ? सायद सस्तो किन्न खोज्नुहुन्छ होला वा तपाईंले चार्जर लिने ठाउँमा नन-ब्रान्डेड चार्जर हुनसक्छन् । सस्तो वा भनौं नक्कली चार्जर किन्नुले केही पैसा त बचाउन सकिएला, तर त्यसले ब्याट्रीमा पार्ने असर निकै नै भयावह हुन्छ । तपाईंको ग्याजेटको ब्रान्डले सस्तो चार्जर सपोर्ट गरे पनि, ग्याजेटलाई कति भोल्टेज आवश्यक पर्छ त्यही अनुसारको चार्जर पाइँदैन । कम गुणस्तरका चार्जरले ग्याजेटलाई मात्र नभई तपाईंको सुरक्षाका लागि पनि जोखिमपूर्ण भइदिन सक्छ । गुणस्तरहित चार्जर प्रयोग गर्दा करेन्ट लाग्ने, ब्याट्री विस्फोट हुने जस्ता धेरै घटना हुने गरेका छन् । ३. तपाईंको लापरवाही आजका केही फोन तथा ग्याजेटहरू निकै नै उन्नत प्रविधिबाट निर्मित छन् । जसले गर्दा घाम, पानी, धुवाँ धुलोबाट फोन तथा ग्याजेटमा केही समस्या नआउन सक्छ । ग्याजेटका यस्ता फिचरले प्रयोगकर्ता झनै लापरवाही गर्ने भएका छन् । आफ्नो फोन कस्तो ठाउँमा राखेको छ, त्यो कुराले पनि फोनलाई निकै प्रभाव पारेको हुन्छ । यदि तातो ठाउँमा राखेको छ भने त्यसको फोनको ब्याट्रीमा समस्या त ल्याउँछ नै साथै त्यसमा भएका डेटा पनि हराउन वा बिग्रिन सक्छन् । अत्याधिक चिसो पनि फोनका लागि राम्रो होइन । लिथियम-आयन ब्याट्री धेरै चिसो तापक्रममा भयो भने विद्युत डिस्चार्ज हुन छाड्छ । साथसथै डिस्प्लेमा समस्या आउने, डिस्प्ले ग्लास क्र्याक हुने जस्ता समस्या आउन सक्छ । ४. ग्याजेटमा गरिएका अनावश्यक काम तपाईँका ग्याजेटहरूमा धुलो छ भने चम्किलो बनाउन के गर्नुहुन्छ ? सयाद कुनै वस्तुले त्यसलाई सफा गर्न थाल्नुहुन्छ होला । त्यसरी सफा गर्दा बाहिर चम्किलो देखिएला । तर त्यसभित्र पसेको धुलोले ग्याजेटलाई धेरै असर गरेको हुन्छ । त्यसका लागि निम्न कुरामा ध्यान दिनपर्ने हुन्छ ।
  • आइसोप्रोपाएल अल्कोहल (Isopropyl alcohol) को प्रयोग
  • सफा गर्दा नरम लुगा प्रयोग गर्ने
  • नरम टुथब्रश प्रयोग गर्ने
  • वा बजारमा पाइने अन्य लिक्विड प्रयोग गर्ने

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता