इन्फो नेपाल — सञ्चारको सञ्जाल

बकैयामा फुटबल प्रतियोगिता हुँदै

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा पाँचौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ गतेदेखि बकैया खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । बकैया खेलकुद विकास समितिका अध्यक्ष बिजय लामाका अनुसार यसवर्ष सिनियर र जुनियर टिमबीच फरक–फरक प्रतिस्पर्धा गराइने छ । यस वर्षको उपाधि वजेता जुनियर टिम आगामी वर्षमा सिनिएर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम कमजोर टिम जुनियर टिममा घटुवा हुने लामाले बताए । प्रतियोगितामा सहभागिता जनाउन यही पुस १९ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने उनले बताए । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको र खेल तालिका पुस २० गते सार्वजानिक गरिने उनले जानकारी दिए । प्रतियोगिताको विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पप्रदान गरिने छ भने विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क