इन्फो नेपाल — सञ्चारको सञ्जाल

बडादशैंको सातौं दिन आज, घरघरमा फूलपाती भित्र्याइँदै

सुनसरी : आज बडादशैँ अन्तर्गत फूलपाती , घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्षको दशैमा पर्ने फुलपाति आज सातौ दिन परेको छ । असोज महिनाको शुल्क सप्तमीका दिन पर्ने फुलपाति पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फुलपाती भित्र्याएर मनाउदै आएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् भनी प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक जस्ता मन्दिर बाट नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् । नेपालका विभिन्न ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङ हालि पिङ खेलि दशैलाइ अझ् रौनकतालाई बढाउने गरिन्छ र आज फुलपाति र भोलि महाअष्टमी पर्सि महानवमी र अर्को दिन नेपालीहरूको महान चार्ड विजय दशमी पर्दछ त्यहि दिन टीका लगाइ दशै मनाइन्छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क