इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाँस्कोटाले झंक्रीलाई भने ‘सबैलाई तानेरै एमालेमा ल्याउन नखोज्नु, कारबाहीमा परिएला’

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा आएर सदस्यता नवीकरण गर्न आग्रह गरेका छन्। उनले अहिलेको परिप्रेक्षकमा पार्टीको एकताको विधि नै आफ्नो सदस्यता नवीकरण गर्न सुझाएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जसलाई एमालेमा रहन मन छ उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ। अहिलेको परिप्रेक्ष त्यै हो पार्टी एकताको सजिलो विधि।’ उनले नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीबाट कारबाहीमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्। शनिवारदेखि बसेको स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा झाँक्रीसहित केहीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको थियो। ‘रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चैँ नखोज्नु नि १ व्यर्थै कारबाहीमा परिएला है’ उनले झाँक्रीलाई सुझाएका छन्। निर्वाचनबाट नेकपा एस राष्ट्रिय पार्टी बन्न नसकेपछि झाँक्री एमालेप्रति नरम छिन्। झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसङ्गसमेत निस्किएको हिजोको बैठकका निस्किएको थियो।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क