इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमतीका १० अस्पताललाई स्तरोन्नति गर्दै प्रदेश सरकार

मकवानपुर: बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकारमातहतका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलका अनुसार धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, मकवानपुरको हेटौँडा अस्पताल, चितवनको बकुलर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र भक्तपुरको भक्तपुर अस्पताल रहेका छन् । यसैगरी, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई स्तारोन्नति गरिने भएको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताललाई तीन सय शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको छ । यस्तै, भक्तपुरको भक्तपुर अस्पतालको क्षमता पनि तीन सय शय्याको बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसअघि हेटौँडा र भक्तपुर दुवै अस्पतालहरू एक–एक सय शय्याको क्षमतामा सञ्चालित रहेका थिए । बैठकले धादिङ अस्पताल, त्रिशूली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताललाई सय शय्या र सिन्धुपाल्चोक, रामेछाप, पशुपति चौलागाईं स्मृति अस्पताल र मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायहरूका लागि एक हजार ६ सय ६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी संगठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क