इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेशका कृषिमन्त्री श्रेष्ठद्वारा १०० दिनको उपलब्धि सार्वजनिक

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो १०० दिनको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

मन्त्रालयले बाढीपहिरो पीडित कृषकहरूको तथ्यांक संकलन गरी राहत प्याकेजको लागि आवश्यक बजेट माग गरेको छ। यस्तै, समुदायमा आधारित खेती प्रणालीमार्फत कृषि उत्पादनमा स्वनिर्भर वडा निर्माण गर्न ५० वटा वडामा कार्यक्रम सुरु हुने क्रममा रहेको र थप २५ वटा वडा छनोटको प्रक्रिया अघि बढेको छ।

मन्त्रालयले लम्पि स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ७१,९७७ गाईभैंसीलाई खोप लगाएको छ। हेटौंडा-११ मा निर्माणाधीन प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ। प्रदेशका ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीतभण्डारहरूको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको छ। यी शीतभण्डारहरूमा करिब १५,८०० मेट्रिक टन भण्डारण क्षमता रहेको छ।

प्राकृतिक विपद्बाट क्षति पुगेका १०३ जना किसानलाई हालसम्म २ करोड ५४ लाख ३४ हजार १६३ रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ। चालु आर्थिक वर्षमा यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेशका २६ स्थानमा निर्माणाधीन एक वडा एक पशु स्वास्थ्य क्लिनिकमध्ये १८ वटाको भवन निर्माण कार्य सम्पन्न भएको छ। दूध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क