इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हालै सार्वजनिक एक वार्षिक समीक्षा कार्यक्रममा एउटा नयाँ विचार प्रस्तुत गरे। उनले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै, प्रदेशभरि निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गर्ने योजना अघि सारेका छन्। तर, उनको दृष्टिकोणमा मुख्य ध्यान उपचारमा मात्र सीमित छैन—उनी रोग नै नलाग्ने जीवनशैलीको वकालत गर्दै छन्।

मंगलबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले स्वास्थ्यको प्रवर्द्धनका लागि सुसूचित नागरिकको आवश्यकता रहेको बताए। उनका अनुसार, रोग लाग्न नदिनु नै वास्तविक स्वास्थ्य सुरक्षा हो। उनले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने चेतनामूलक कार्यक्रम ल्याउने आवश्यकता औँल्याए। “स्वास्थ्य मन्त्रालयले अब बिरामी परेर उपचार गर्नेभन्दा पनि, बिरामी नै हुन नदिने योजनामा बढी ध्यान दिनुपर्छ,” उनले भने।

मुख्यमन्त्रीले अप्रमाणित खाद्यवस्तुहरूका कारण बढ्दो स्वास्थ्य समस्या देखेर चिन्ता व्यक्त गरे। "हामीले बजारमा पाइने अप्रमाणित र परीक्षण नगरिएका खाद्यवस्तुहरूको सेवन रोक्नुपर्छ। नागरिकलाई व्यवस्थित जीवनशैली अपनाउन अभिप्रेरित गर्नुपर्छ," लामाले थपे। यस्तो चेतनामूलक पहलले दीर्घकालीन रूपमा जनताको स्वास्थ्यमा सुधार ल्याउने उनको विश्वास छ।

स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्री किरण थापामगरले पनि सहमति जनाए। संघीयताको आगमनसँगै स्वास्थ्य क्षेत्रको पूर्वाधार र जनशक्तिमा सुधार भएको भन्दै उनले प्राविधिक जनशक्तिमा भएको वृद्धिलाई प्रमुख सफलता मानिएको बताए। "स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न हामीले महत्वपूर्ण काम गरेका छौं," थापामगरले भनाइ राखे।

कार्यक्रममा वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिरामीको स्वास्थ्यलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीले काम गर्नुपर्नेमा जोड दिए। "स्वास्थ्यकर्मीको उद्देश्य बिरामीको सुधारमा केन्द्रित हुनुपर्छ," उनले भने। स्वास्थ्यकर्मीको इमानदारी र समर्पणले नागरिकको विश्वास जित्न सक्ने उनको विश्वास छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क