इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

हेटौंडा |बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ। यो निर्णय "बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०" लाई सोही दिनदेखि कार्यान्वयन गर्नका लागि गरिएको हो। यस ऐनले बागमती प्रदेशमा नेवार भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकार गरेको छ। प्रदेश सरकारले बिहीबार बसेको बैठकले यही वैशाख २४ गतेदेखि उक्त ऐन कार्यान्वयन गर्ने निर्णय गरेको हो। त्यसैले सोही दिनलाई सार्वजनिक बिदा दिइएको छ। यसको उद्देश्य नयाँ ऐनको कार्यान्वयन र त्यसको उपलक्ष्यमा "बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह" आयोजना  समेत गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । समारोह बसन्तपुर डबलीमा आयोजना गर्ने तयारी भइरहेको छ। संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा "बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिति" गठन गरिएको छ। यसका अलावा मुल आयोजक समिति, सचिवालय तथा विभिन्न समिति र उपसमितीहरू समेत गठन गरिने छन्। नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रीय सदस्यहरू, विभिन्न खलपुचः जाति-समुदायका प्रतिनिधिहरू समेत समावेश गरिने मुल आयोजक समिति बनाइनेछ। त्यसपछि सचिवालय बनाइने छ र त्यसका सदस्यहरूको संयोजकत्वमा विभिन्न कार्यसमिति र उपसमितीहरू गठन गरिनेछन्। समारोहको अवसरमा बसन्तपुरमा बिहान ७ बजेदेखि नै र्याली निकालिने भएकाले सम्बन्धित सबैलाई बिहानै ६:३० बजे नै आ-आफ्नो स्थानीय बाजागाजा र भेषभूषामा तयार भई उपस्थित हुन अनुरोध गरिएको छ। र्यालीमा नेवाः देय् दवु र तामाङ घेदुङसंघसँग आबद्ध संघ-संस्था र प्रतिनिधि तथा अन्य शुभचिन्तक नेपालीहरूलाई सहभागी हुन आह्वान गरिएको छ। ऐतिहासिक यस घोषणा समारोहको विशेष महत्व हुनेछ भएकाले सम्बन्धित सबैले व्यापक प्रचार-प्रसार गरी घोषणा समारोहलाई सफल बनाउन नेवाः देय् दवुका उपाध्यक्ष उमेश स्थापितले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क