इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आउँदो वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रालयले २०७८ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र (खण्ड ८, संख्या ३२, भाग २) मा उल्लेख गरिएको सूचनाको आधारमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ। सूचनामा बागमती प्रदेश सरकारका सरकारी कार्यालयहरूमा भाषा सम्बन्धी दिवसको अवसरमा बिदा दिइने उल्लेख छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रविना कार्कीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, "बागमती प्रदेश सरकारको सरकारी कार्यालयको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।"

बिदा सम्बन्धी निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था लगायतका निकायहरू सो दिन बन्द रहने छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क