इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेशले एक महिनाभित्र लाइसेन्स वितरण गर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले एक महिनाभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण सुरु गर्ने तयारी गरेको छ।  हालै खरिद गरिएका पाँचवटा प्रिन्टरले प्रतिघण्टा ७ सय ५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता राख्छन्। प्रत्येक प्रिन्टरको क्षमता प्रतिघण्टा १ सय ५० रहेको छ।

यसअघि चालक अनुमतिपत्र काठमाडौंस्थित यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो। केन्द्रमा चाप बढेसँगै सेवाग्राहीलाई लाइसेन्स पाउन ढिलाइ हुने अवस्था आएको थियो। प्रदेश सरकारले करिब पाँच करोड रुपैयाँमा प्रिन्टर खरिद गरी सेवा सुरु गर्न लागेको हो।

यातायात व्यवस्था विभागका अनुसार हाल करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ। यसअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका धेरै सेवाग्राही अझै लाइसेन्स पर्खिरहेका छन्। बागमती प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ मा लाइसेन्स छपाइका लागि ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले  प्रदेश सरकारले सँगसँगै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (इडीएलएस) र भेइकल रेजिष्ट्रेसन सिस्टम (भीआरएस) पनि लागू गरेको बताएका छन् । यसमार्फत नागरिकले घरमै बसेर लाइसेन्स आवेदन दिन, परीक्षण नतिजा हेर्न, नवीकरण गर्न र छपाइको अवस्था अनलाइनमार्फत बुझ्न सकिने उनले बताए ।

यस प्रणालीले सवारी साधन दर्ता, नवीकरण र अन्य कागजी प्रक्रिया डिजिटल बनाउने भएकाले सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ। साथै, प्रदेश सरकारको एपमार्फत लाइसेन्स र सवारीसाधन दर्ता विवरण हेर्न सकिने, डिजिटल बिलबुक प्रयोग गर्न सकिने र कागजसहित सधैं बोकिरहनुपर्ने आवश्यकता घट्ने जनाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क