इन्फो नेपाल — सञ्चारको सञ्जाल

बाबुराम भट्टाराई काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने !

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू मेयरमा उठ्न तयार रहेको बताएका छन् । उनले स्थानीय तहको प्रमुख भएर आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने चाहना रहेको बताएका हुन् । ‘मेरो एउटा रोमान्टिक सोच मात्रै होइन, कहिलेकाहीँ सोच्छु पनि । म ६८ वर्ष भइसकेँ । पटक-पटक सांसद हुनुको सट्टा बरु एक पटक स्थानीय तहमा त्यहाँ धेरै टाढा हिँडडुल गर्न पनि पर्दैन । त्यहाँ बसेर अनुभव, क्षमताको उपयोग गर्न पनि सकिन्छ, आवश्यक पर्‍यो भने’, उनले भने । उनले गोरखाको पालुङटार नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा पनि आफूले स्थानीय तहका प्रमुखको महत्त्व बुझेर काम गर्न आग्रह गरेको बताए । ‘अस्ति पनि साथीहरूलाई गोरखामा पालुङटार नगरपालिकाको कार्यकर्ताको भेलामा स कभर तपाईंहरू नै यसको महत्त्व बुझेर काम गर्नुहोस् । होइन त्यस्तो आवश्यक ठान्नुहुन्छ भने ‘म सांसद हुन्नँ, तपाईंहरू सांसदमा लड्नुहोस् म नगरपालिकामा लड्छु’ भनेको थिएँ’ उनले । उनले स्थानीय तहको निर्वाचनमा लड्नका लागि जहाँ मतदाता नामावली छ त्यहीँ लड्नुपर्ने उल्लेख गरे । यस्तो अवस्थामा आफू काठमाडौं महानगरपालिकाको मेयरमा लड्न नसक्ने उनको भनाइ छ । ‘स्थानीय तहको निर्वाचन लड्न जहाँ मतदाता नामावली छ त्यहीँ लड्नुपर्ने हुन्छ । अन्त पाइँदैन, कतिपयले काठमाडौं महानगरपालिकामा लडिदिए हुन्थ्यो भन्नुहुन्छ, तर मेरो मतदाता नामावली पालुङटार नगरपालिकामा छ । मैले चाहेर पनि यसपटक म काठमाडौं महानगरपालिकामा उठ्न सक्दिनँ । मलाई त्यस्तो आवश्यकता भयो, जनताले चाहे भने अर्को चोटि मतदाता नामावली परिवर्तन गरेर म लड्न गर्न सक्छु,’ उनले भने ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क