इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालाचतुर्दशी मेलाका दिन षडानन्दमा सार्वजनिक बिदा

सुनसरी : भोजपुर जिल्लाको षडानन्द नगरपालिकाले बालाचतुर्दशी पर्वका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने भएको छ । गत मंसिर १ गते बुधबार बसेको कार्यपालिकाको बैठकको अनुसार बालाचतुर्दशी मेलाको अवसरमा दुई दिन बिदा दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिक्रम बस्नेतले जानकारी दिएका हुन् । उनका अनुसार मंसिर १६ गते र १७ गते नगर क्षेत्रको स्थानीय बिदा र १८ गते शनिबार रहेका कारण बिदा दिएको छ । उनका अनुसार नगरपालिकाअन्तर्गतका विषयगत कार्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्था ( आकस्मिक बाहेका) र विद्यालय बन्द रहनेछन् । नगरपालिकाले धार्मिक अवसरमा लाग्ने मेलाको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ । यो मेलामा जिल्लाका साथै छिमेकी जिल्ला सङ्खुवासभा , खोटाङ र आसपासका जिल्लाबा समेत मेला हेर्न आउने गर्दछन् ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क