इन्फो नेपाल — सञ्चारको सञ्जाल

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

काठमाडौँ। काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ । १९ हजार ३२३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । सिर्जनाकोभन्दा बालेन २० हजार ३७६ मतले अघि रहेका छन् । गणना गर्न बाँकी मतभन्दा बालेन र सिर्जनाबीचको मतान्तर बढी रहेको छ, जसले गर्दा बालेनको जित सुनिश्चित भएको हो । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म २७ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब मतगणना सम्पन्न बाँकी रहेका वडामा १३, १४, १५, १६ र १७ रहेका छन् । हालसम्म मतगणना सम्पन्न भइसकेका वडामध्ये बालेनले सबैभन्दा बढी मत ३३ नम्बर वडा (कोटेश्वर)बाट प्राप्त गरेका छन् । त्यहाँ उनले सदर भएकोमध्ये ४६ प्रतिशत अर्थात ५ हजार ५२३ मत प्राप्त गरेका छन् । बालेनले सदर भएकोमध्ये वडा नं. ९ (गौशाला) बाट ४४ प्रतिशत (३ हजार ३१८), वडा नं. ३१ (शान्तिनगर)बाट ३८ प्रतिशत (४ हजार १५८), वडा नं.४ (बालुवाटार)बाट ४२ प्रतिशत (३ हजार ९६६), वडा नं.७ (मित्रपार्क) बाट ४१ प्रतिशत (३ हजार ८४६) र वडा नं. १० (बानेश्वर)बाट ३८ प्रतिशत (२ हजार ७२८) मत प्राप्त गरेका छन् । यस्तै, बालेनले सदरमतमध्ये वडा नंं.१ (नक्साल) बाट ३४ प्रतिशत (७८३), वडा नं. २ (लाजिम्पाट)बाट ३६ प्रतिशत (१ हजार २१५), वडा नंं.३ (महाराजगन्ज)बाट ३७ प्रतिशत (२ हजार ३२६), वडा नं. ५ (हाँडिगाउँ)बाट ३७ प्रतिशत (१ हजार ५०१), वडा नं.६ (बौद्ध)बाट ३६ प्रतिशत (३ हजार ४७६) र वडा नं. ८ (पशुपति)बाट ३५ प्रतिशत (१ हजार ३१३) मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता