इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिदेशी राजा होइन, आफ्नै राजा फर्काउन सांसद शाहीको गृहमन्त्रीलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई नेपालकै राजा फर्काउने अभियानमा लाग्न आग्रह गरेका छन्। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको विषयलाई लिएर सांसद शाहीले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्। सांसद शाहीले गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै लेखेका छन्, "माननीय रवि लामिछानेज्यू, हिजोका दिनहरूमा तपाईंले जनताको आवाज उठाउँदा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभयो, अब भन्नुहोस्, तपाईं र अरू नेतामा के फरक भो? बोल्ने एउटा गर्ने अर्को? बिदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौं हो बिदेशीको?" यसरी सांसद शाहीले गृहमन्त्री लामिछानेलाई कतारका अमिरको सम्मानमा बिदा दिएको विषयलाई लिएर निराश हुँदै नेपालकै राजा फर्काउन आह्वान गरेका छन्। केही समय अघि मात्र जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भएको र लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण कार्यान्वयन गर्न बाँकी रहेकाले शाहीले यस्तो टिप्पणी गरेको मानिन्छ। कतारका अमिरको नेपाल भ्रमण रहेकाले सरकारले बिहीबारलाई साार्वजनिक बिदा घोषणा गरेको थियो। गृहमन्त्री रवि लामिछानेले यसलाई समर्थन गर्दै नेपाल र कतारबीचको सम्बन्धलाई महत्व दिएका थिए। तर यसको विरोध पनि भइरहेको छ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क