इन्फो नेपाल — सञ्चारको सञ्जाल

बिहीबार भगवान् विष्णुको पूजा

विष्णु पुराणअनुसार बिहीबार भगवान् विष्णुको पूजा गर्ने परम्परा छ। विष्णु सृष्टिका पालनकर्ता मानिन्छन्। उनको आराधना गर्दा धन, पुत्र र विद्या प्राप्त हुने विश्वास गरिन्छ। बिहीबारको दिन बिहान नै स्नान गरेर पहेंलो वस्त्र धारण गर्नुपर्छ। पहेंलो फूल र चन्दनबाट प्रसाद बनाइन्छ। यो प्रसाद भगवान् विष्णुलाई अर्पण गरी पूजा गरिन्छ। कतिपयले लक्ष्मीदेवीको पनि साथमा पूजा गर्ने गर्दछन्। पूजामा 'ऊँ गुरवे नमः' मन्त्रको कम्तीमा पाँच माला जाप गर्नुपर्छ। यो व्रत कम्तिमा ७ महिनादेखि १३ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको समयसम्म शुद्ध रहनु महत्त्वपूर्ण मानिन्छ। आस्थावान् हिन्दूहरूको विश्वास छ कि बिहीबारको दिन भगवान् विष्णुको यसरी भक्तिपूर्वक पूजा गरेमा विष्णु प्रसन्न हुनुहुन्छ र घरपरिवारमा सुख, शान्ति र समृद्धि आउँछ। धन, बच्चा र विद्या प्राप्त गर्न सकिन्छ। यसैले धेरैजसो घरपरिवार यो व्रत बस्ने गर्दछन्।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क