इन्फो नेपाल — सञ्चारको सञ्जाल

भन्सार छली ल्याइएको मदिरा सहित पाँचजना भारतीय नागरिक मकवानपुरमा पक्राउ

हेटौँडा: मकवानपुर प्रहरीले आइतबार भन्सार छली दुईवटा भारतीय कारमा ल्याइएको विभिन्न ब्रान्डका आठ सय ५५ बोतल मदिरा सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट शुक्रबार र शनिबार २ वटा भारतीय कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । [caption id="attachment_36720" align="alignnone" width="1600"] भन्सार छली ल्याइएको मदिरा ।[/caption] पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षको बिक्की, २५ वर्षको राहुल, २८ वर्षको कुनाल, ३१ वर्षको नहिम र ३७ वर्षको राजु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए। उनका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १५ रातोमाटे चेकपोस्ट अगाडिबाट उक्त मदिरा र कारसहित पाँचजना भारतीयलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा सवारीसाधनहरू रोकी जाँच गर्ने क्रममा चितवनबाट आउँदै गरेको  डिएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको भारतीय कारबाट भारतको उत्तर प्रदेशबाट भन्सार छली ल्याइएको रोयल ग्रिन ह्विस्की तीन सय ७५ एसएलको सात सय १५ बोतल र एक सय ८० एसएलको एक सय ४० बोतल गरी आठ सय ५५ बोतल मदिरा बरामद गरेको प्रहरी प्रमुख रिजालले जानकारी दिए। नियन्त्रणमा लिएको मदिरासहित कार र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरी प्रमुख रिजालले जानकारी दिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क