इन्फो नेपाल — सञ्चारको सञ्जाल

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

भरतपुर- भरतपुर महानगरपालिकामा हालसम्म १ लाख १३ हजार ७७७ मत गणना भएको छ। महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकोमा १४ हजार ६२ मत गन्न बाँकी रहँदा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता बनाएकी छन्। उनी एमालेका विजय सुवेदीभन्दा १० हजार ८९७ मतान्तरले अघि छन्। रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन्। सोही पदमा राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन्। भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ। अहिले वडा नं २५ र २६ को मतगणना जारी छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क