इन्फो नेपाल — सञ्चारको सञ्जाल

भरतपुरमा सुवेदीको अग्रता, पछ्याउँदै रेनु, कसको मत कति ?

२ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् । सोमबार विहान साढे ३ बजेसम्म भरतपुर महानगरको ८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छिन् । यसअघि दाहालले १ र २ वडामा मत गन्दा झिनो मतले अग्रता बनाएता पनि ३ नम्बर वडामा सुवेदी अगाडि आएका हुन् । भरतपुर महानगरमा स्वतन्त्र उठेका जग्गनाथ पौडेलले पनि १ हजार मत कटाएका छन् । उनले १ हजार ३७ मत ल्याएका छन् । यस्तै भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन भने एमालेको समर्थनमा उठेकी राप्रपाकी हिमला गुरुङको मत २ हजार ४ सय ५ मात्रै आएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क