इन्फो नेपाल — सञ्चारको सञ्जाल

भाषणमा जे भने पनि ओलीको मन त रोएकै छ : पुष्पकमल दाहाल

काठमाडौँ — स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको उनको भनाइ थियो । एमाले अध्यक्ष ओलीले जेठ १२ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पनि दाहालले माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा असन्तुष्टि जनाएका हुन् । ओलीलाई लक्षित गर्दै दाहालले भने, 'मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ ।' एमालेका नेताहरू आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्नेबारे सहज अवस्थामा नरहेको दाहालको दाबी थियो । 'चैनमा त छैनन् नि एमाले अहिले । एमाले अहिले चैनमा छ त ?,' उनको प्रश्न थियो । ओलीले स्थानीय तह निर्वाचन प्रचारका क्रममा 'माओवादी वैशाख ३० गतेपछि गुगलमा मात्रै भेटिने' भनेर दिएको अभिव्यक्ति उल्लेख गर्दै स्थानीय तह निर्वाचनमा विजयी नेता र कार्यकर्तालाई भने, 'अहिले त गुगलमा होइन, पूरा शक्तिका साथ उनीहरूका अगाडि खडा छ माओवादी ।' कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रेहको जनाउँदै दाहालले माओवादीलाई हल्का रूपमा नलिन आग्रह गरे । 'यो गठबन्धन लिएरै जाने हो । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको निम्ति भनेर गठबन्धन गरेको हो । कांग्रेसमा अहंकार नआओस् । उसले 'टेकन फर ग्रान्टेड' भन्छन् नि, माओवादीलाई हल्का रूपमा लिने कामचाहिँ नगरोस् भन्ने मेरो अनुरोध छ,' उनले भने । स्थानीय तह निर्वाचनपछि ओलीले आत्मसमीक्षा गर्ने ठानेको तर त्यसो नभएको दाहालको भनाइ थियो । 'अस्ति तपाईंले सुन्नुभयो यतिका धेरै भइसकेपछि त एमालेको मूल नेतृत्वमा चेतना आयो होला, अलिअलि आत्मसमीक्षा गर्ने चेतना भयो होला भन्ठानेको त ३ घण्टा अरुलाई गाली गरेको छ,' उनले भने, 'हामी कसैको वैशाखी टेक्दैनौं माओवादी जस्तो भन्ने ? मैले पनि भन्नै पर्‍यो तिमी कसको वैशाखी टेकेर २ चोटी प्रधानमन्त्री भएका थियौ ? आफ्नो अनुहार ऐनामा हेर्न परेन ?' २०७४ को निर्वाचनमा राष्ट्रिय हित र कम्युनिस्ट आन्दोलनका लागि पार्टी नै एकता गर्दा त्यसको दुरुपयोग भएको दाहालको भनाइ थियो । 'हामीले बृहत्तर राष्ट्रिय हित, कम्युनिस्ट आन्दोलनको हितको निम्ति भनेर केही कुरा गर्छौं अवसरवादीहरूले त्यसलाई दुरुपयोग गरिदिन्छन् । हामीले राष्ट्रको आवश्यकता संविधान लोकतन्त्रको आवश्यकता भनेर गठबन्धन बनाउँछौं तर बुर्जुवाहरूले यसलाई गलत ढंगले लिन्छन्,' उनले भने, 'हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्यका साथ गरेको हो । तर, यति धेरै अहंकार आयो त्यसको नेतृत्वमा । सबै हामी नै हो भनेजस्तो गरे । हामी त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो ।'

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क