इन्फो नेपाल — सञ्चारको सञ्जाल

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्न

काठमाडौं | पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी भएको बताएका छन्। रावलले पार्टीको आन्तरिक प्रक्रियाबारे प्रश्न उठाउँदै, कुनै पनि सदस्यलाई कारबाही अघि संवाद र छलफल गर्नुपर्ने राजनीतिक परिपाटीको उल्लंघन भएको बताएका छन्। साथै, उनले विगतका घटनालाई आधार बनाएर सोधिएको स्पष्टीकरणलाई हास्यास्पद रहेको बताएका छन्।

‘पाँच दशक पार्टीको सेवा र जिम्मेवारी सम्हालेको व्यक्तिसँग छलफल नगरी गरिएको स्पष्टीकरणपूर्वको कारबाही प्रतिशोध र पूर्वाग्रहको उपज हो। तीन वर्षअघिका कुरा निकालेर गरिएको स्पष्टीकरण हास्यास्पद मात्र होइन, नियत खराब रहेको स्पष्ट हुन्छ,’ रावलले भनेका छन्।

उनले पार्टी महासचिवका बक्तव्यलाई समेत कटाक्ष गर्दै, एआई प्रयोग गरी पार्टी अनुशासन सिकाएको आरोप लगाएका छन्। महासचिवको भ्रमित र विरोधाभासी अभिव्यक्तिले पार्टी नेतृत्वको चरित्रमाथि गम्भीर प्रश्न खडा भएको भन्दै रावलले ओलीलाई नै जवाफ दिन आग्रह गरेका छन्।

यो विवादले एमालेभित्र गहिरो आन्तरिक समस्या रहेको संकेत गरेको छ। यस्तो परिस्थिति पार्टीको आगामी रणनीतिमा कसरी प्रभाव पार्छ भन्ने चासो सबैको लागि रहन्छ।

रावलले बुधबार पत्रकार सम्मेलन गर्दै अब देशभक्तहरू समेटेर नयाँ पार्टी गठन गर्ने बताए। उनले उक्त पार्टी कम्युनिष्ट चरित्रको नहुने बताए।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क