इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘भूत’ को डर : बेला बेलामा बत्ती आफैं जान्थ्यो, टिभी आफैं खुल्थ्यो, भाँडाहरूले अनौठो आवाज निकाल्थें अनि….

आफ्नो घरमा भूत आएको भन्दै एउटा फ्रेन्च परिवार बार्दलीमा सानो टेन्ट लगाएर सुत्दै आएको छ । एक महिनादेखि उनीहरु यसरी नै सुतिरहेका छन् । गत सेप्टेम्बरमा आफ्ना दुई बच्चाहरुसहित पेट्रिसिया र डेभिड सी फ्रान्सको रेपलोङ्सस्थित अपार्टमेन्टमा सरेका थिए । पेट्रिसियाका अनुसार यस घरमा सर्नासाथ उनकी छोरीले अनौठा कुराहरु देख्न थालेकी थिइन् । र, केही समयपछि यो अपार्टमेन्टभित्र केही असामान्य गतिविधि भइरहेको छ भन्नेमा पुरै परिवार विश्वस्त भयो । अवस्था अति खराब भएपछि उनीहरुले चैनको निन्द्रा पूरा गर्नका लागि बार्दलीमा टेन्ट लगाए । र, एक महिनादेखि उनीहरु यसरी नै बसिरहेका छन् । ‘पहिले कालो छायाँ देखिन्थ्यो’ यो दम्पत्तीले फ्रान्सेली पत्रिका ले प्रोग्रेससँग भनेको छ, ‘त्यसपछि आवाज ठूलो हुन थाल्यो । बेला बेलामा बत्ती आफैं जान्थ्यो, टिभी आफैं खुल्थ्यो । बिना कारण फोन आफैं बन्द हुन्थ्यों, भाँडाहरूले अनौठो आवाज निकाल्थें’ यो जोडीले भनेको छ । यस्तो असामान्य गतिविधिपछि यो जोडीले झाँक्री पनि बोलाए । यी झाँकीले अपार्टमेन्ट घुमेपछि भने, ‘१९ औं शताब्दीकी एक महिलाको आत्मा यस अपार्टमेन्टमा फाइदामा परेको छ । र, यो आत्माले तिमीहरु अन्यत्रै गएको हेर्न चाहन्छ ।’ र, समस्या यहीं सुरु भयो । प्याट्रिसिया र डेभिडसँग जानका लागि अर्को घर छैन । डेभिड अपांगता भएका व्यक्ति हुन् र फ्रान्सको समाजिक सहायता कार्यक्रम लागू नभएको ठाउँमा जानु उनीहरुका लागि असम्भव छ । अर्कोतर्फ, यस अपार्टमेन्ट उपलब्ध गराउने कम्पनीले यहाँ असामान्य गतिविधि हुने गरेको कुरालाई अस्वीकार गरेको छ । यस कम्पनीले अपार्टमेन्टमा कुनै खराबी नरहेको र यस जोडी आउनुभन्दा अघि नै दुईपटक यसलाई भाडामा दिइसकिएको दाबी गरेको छ । प्याट्रिसिया र डेभिडले यस अपार्टमेन्ट स्थल रहेको सोशल पार्कमै अर्को कोठा उपलब्ध गराउन आग्रह गरेका छन् । त्यतिन्जेल सम्मका लागि बार्दलीमा टेन्ट लगाएर सुत्नुबाहेक उनीहरुसँग अर्को विकल्प छैन । -/ताजा खबर

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता