इन्फो नेपाल — सञ्चारको सञ्जाल

भेडेटारमा आयोजित खाना महोत्सव सम्पन्न

धनकुटा / कोशी प्रदेश कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२४ को अबसरमा आइतबारबाट सुरु भएको तीन दिने खाना महोत्सव सम्पन्न भएको छ । होटल एसोसिएसन भेडेटारले आयोजना गरेको खाना महोत्सव अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिएको थियो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादन स्टल रहेका थिए । भेडेटारका होटलहरुमा फेस्टिवल अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । होटल एशोसिएसन भेडेटारले हरेक वर्ष फेस्टिवलको आयोजना गर्दै आइरहेको छ । महोत्सवमा करिब एक करोड बराबरको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । हरेक वर्षझैँ महोत्सवमा भारतको विहारलगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन् । कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते