इन्फो नेपाल — सञ्चारको सञ्जाल

भेडेटारमा पर्यटकीय फुड फेस्टिबल धमाधम

सुनसरी : अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं फुड फेस्टिवल शुरु भएको छ । शुक्रबारदेखि भेडेटारमा तीनदिने फुड फेष्टिबल शुरु भएको छ । होटल एशोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरेको ९ औं फुड फेष्टिवलको उद्घघाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री कार्कीले भेडेटारको पूर्वाधार विकासको लागि प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको बताए । सोहीक्रममा मन्त्री कार्कीले भेडेटार नेपालको प्रमुख गन्तव्य बन्न सक्ने बताएका छन् । कार्यक्रममा होटल एशोसिएसन अफ भेडेटारका निवर्तमान अध्यक्ष तथा समाजवादी पार्टी साँगुरीगढीका अध्यक्ष लिलाराज लावती, होटल एशोसिएसन १ नं प्रदेश सचिव बासुदेव बराल, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, नेकपा माओवादी केन्द्र साँगुरीगढीका अध्यक्ष जगत बहादुर राई लगायतले बोलेका थिए ।फेस्टिबलमा भेडेटार क्षेत्रमा उत्पादन भएको अर्गानिक खानेकुरा, कृषि, घरेलु उत्पादनको प्रर्वद्धन तथा स्टलहरु छन् । तीनदिन साँझ साँस्कृतिक कार्यक्रम हुने पनि आयोजकले जनाएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना हुन लागेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जनाएका छन् । फेस्टिबलमा स्थानीय जातीय (राई, लिम्बू, मगर, तामाङ र नेवारी) खानेकुराहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । कोरोना कहरपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धिसँगै भविष्यमा यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थान लागि पर्यटन, होटल व्यवसाय, होमस्टे, यहाँ रहेका व्यवसायीहरुको जीवनस्तर उकास्दै कृषि साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत राखिएको उनले बताए । यो समाचार हाम्रो कोशी आवाजबाट छापिएको हो ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क