इन्फो नेपाल — सञ्चारको सञ्जाल

भेडेटारमा शुक्रबारबाट खना महोत्सव हुँदै

सुनसरी : भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर भेडेटारमा ९ औं परिकार महोत्सव शुक्रबारबाट सुरु हुने भएको छ । कोरोना महामारीका कारणले थला परेको पर्यटन व्यावसायलाई चल्न नसकेको भनी प्रदेश नम्बर-१ कै पर्यटकीय स्थान भेडेटारलाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।महोत्सवमा घरेलु उत्पादनका सामाग्री प्रदर्शनी संगै हेलि फनफाल्इट, जिप लाइन, प्याराग्याईडिङ्ग लगायतका खेलहरु समेत महोत्सवम रहने छन् । स्थानिय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला पनि भोलि बाट हुने महोत्सवमा रहने छ । धनकुटा जिल्लाको भेडेटारका आसपास रहेका पर्यटकीय क्षेत्रहरुमा समेत घुम्न पाईने व्यावस्था गरिएको आयोजक समितीका सल्लाकार नरद चेम्जोङ्गले बताए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा १ करोड रुपैयाँसम्मको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ । २०६९ सालबाट नियमित महोत्सव हुदै आएकोमा गत बर्ष कोरोना महामारीका कारण महोत्सव स्थगित गरिएको थियो भने यो बर्ष पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनालाई कडाई गर्दै महोत्सव गरिन लागेको छ । महोत्सवमा अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको र महोत्सव १६ गते बाट १८ गते सम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जनाएका छन् । यो समाचार धनकुटा खबरमा छापिएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क