इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको चखेवामा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरू

भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले नयाँ वर्षको अवसरमा 'कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव' आयोजना गरेको छ। यो महोत्सव गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा तीन दिनसम्म आयोजना गरिएको हो। महोत्सवको उद्घाटन कार्यक्रममा टेम्केमैयुङका गाउँपालिका अध्यक्ष किरण राई, साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ, साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, मुन्धुम पदमार्गका अभियान्ता हरि बहादुर राई, टेम्केमैयुङका ९ वटै वडाका वडा अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महोत्सवको उद्देश्य मुन्धुम पदमार्गको प्रवर्द्धन गर्ने रहेको छ। यसका लागि महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र, स्थानीय कृषि उत्पादन र उद्योगसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू, कविता प्रतियोगिता, बाघखोरबाट चखेवासम्म मुन्दुम ट्रल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने छ। महोत्सवमा अर्गानिक खानाका परिकार तथा प्रर्दशनी पनि रहेको छ। महोत्सवमा आउने पर्यटकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार र संस्कृतिको झाँकी प्रर्दशन समेत रहने छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्दै जाने क्रममा चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ। महोत्सवका लागि गाउँपालिकाले १० लाख र आयोजक पक्षले ३ लाख गरी करिब १३ लाख रुपैयाँ खर्चको अनुमान छ । महोत्सवमा करिब ५० हजार जनाको अप्रत्यक्ष तथा प्रत्यक्ष सहभागिता रहेको आयोजकको दाबी छ। यस महोत्सवले गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्नेमा केन्द्रित रहेको छ। साथै, मुन्धुम पदमार्गलाई प्रवर्द्धन गरेर टेम्केमैयुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य पनि रहेको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते