इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा शिक्षकहरुका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

भोजपुर / शिक्षा बिकास तथा समन्वय इकाई भोजपुरको आयोजनामा शिक्षकहरुका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । समन्वय इकाईको बार्षिक कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जिल्ला सदरमुकाममा शुक्रवारबाट दुई दिने पाठयक्रम तथा पाठयपुस्तक प्रवोधीकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको इकाई प्रमुख रुद्र राईले जानकारी दिए । बिद्यालय तहमा कक्षा ५, ८ र १० को परिमार्जित नयाँ पाठयक्रम अभिमुखीकरणका लागि जिल्ला तहमा कार्यक्रम सुरु भएको छ । यसमा जिल्लाका ९ वट स्थानीय तहका माध्यामिक तहमा कार्यरत स्थायी अंग्रेजी, सामाजिक, नेपाली, गणित र बिज्ञान बिषयका शिक्षकहरुलाई बिषयगतरुपमा नदोहोरिने गरी सहभागी गराईने छ । पाठयक्रमको अवधारणा, पाठयक्रम निर्माण तथा कार्यान्वयन, पाठयक्रम बिकासका प्रकृया लगायतका बिषयहरुमा दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहजीकरण हुने बताइएको छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क