इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुर धनकुटाको पहाडी भेगका मनमोहक तस्बिरहरू

सुनसरी / भोजपुर प्रदेश १ को पहाडी क्षेत्र हो। यो क्षेत्र पर्यटन, धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र भोजपुरी खुकुरीको पहिचानका लागि परिचित छ। भोजपुर जिल्ला भौगोलिक विविधताले भरिपूर्ण उर्वर भूमि हो संखुवासभा, धनकुटा, उदयपुर, खोटाङ र सोलुखुम्बु जिल्ला यसका छिमेकी जिल्ला हुन् । ब्राह्मण, क्षेत्री, राई, मगर, नेवार, शेर्पा आदि विभिन्न जातजातिको बसोबास रहेको यस जिल्लामा नेपाली र राईजस्ता प्रमुख भाषा बोल्ने गरिन्छ । भोजपुर बजार यसको प्रशासनिक केन्द्र हो। दिङलाबजार, घोरेटार, टक्सारबजार, चौकीडाँडा, कुलुङ, दावान, चाङ्ग्रे, मानेडाँडा, पाउलीबजार लगायतका प्रमुख स्थान छन् । पछिल्लो समय यहाँ यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी सेवा पुगेको छ । अर्कोतर्फ, धनकुटा प्रदेश १ को पहाडी जिल्ला पनि हो। यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो। यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्लाहरू पर्दछन् । यहाँ पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, भौगोलिक क्षेत्र छन् । यसरी चारैतिरबाट जिल्लाले घेरिएको भए पनि माथिका जिल्लाहरूसँगको धनकुटा जिल्लाको सिमाना विभिन्न खोला र खोलाले छुट्याएको छ । ८९१ वर्ग किलोमिटर वर्ग किमी र मुख्य जातिहरू राई, बाहुन, लिम्बु क्षेत्री, नेवार, मगर, शेर्पा, तामाङ आदि हुन् र मुख्य भाषाहरू बान्टवा, लिम्बु, नेपाली आदि हुन्। यी दुवै जिल्ला पर्यटकीय स्थलका लागि प्रसिद्ध छन् । यी तस्विरहरु भोजपुर, धनकुटा, उदयपुरका पहाडी क्षेत्रका हुन् ।  

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क