इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोटेकोसी बाढीपीडितका लागि कैलाशले पाँच लाख दिने

 कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भाद्र १० गते चीनको तिब्बत क्षेत्रहुँदै आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङका नागरिकले भोग्नुपरेको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदमा परेका नागरिकलाई स्थानीय सरकारको तर्फबाट सहयोग गर्न लागिएको गाउापालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । मुक्तानले विपद्का बेला एक ठाउँका नागरिकलाई परेको पीडा सबैको साझा पीडा भएकाले मानवीय सहयोग आवश्यक रहेको बताए ।

“रसुवामा बाढीका कारण नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको छ । यस्तो दुःखद् अवस्थामा कैलाश गाउँपालिका पीडित नागरिकको साथमा छ । हामी स्थानीय सरकारको नाताले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छौं,”अध्यक्ष मुक्तानले भने । उनले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै तह र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए । विपद्मा सहयोग गर्नु मानवीय दायित्वसमेत भएकाले गाउँपालिकाले आफ्नो तर्फबाट सहयोग गर्न लागिएको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले पाँच लाख रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने बताइन् । विपद्को समयमा तत्काल राहत र सहयोगको आवश्यकता हुन्छ । रसुवाका बाढीपीडित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गर्न लागिएको उनले बताइन् । हामीले कर्मचारीको तर्फबाट पनि रकम संकलन गरि सहयोग गरिने बताइन् ।

कैलाश गाउँपालिकाले विपद् परेका नागरिकको उद्धार तथा राहतका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र आम नागरिकलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा कैलाश गाउँपालिकाबासीहरु पनि रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क