इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोट माग्दै ! जनताका घरमा खाना खान पुगे प्रचण्ड

काठमाडौ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को दौडधुप बढ्न थालेका छन् । उनी अहिले आफ्नो गृह जिल्ला चितवनका गाउँगाउँमा घुम्दै छन् । बिहीवार आफ्नै निर्वाचन क्षेत्र (चितवन– ३) अन्तर्गत पर्ने माडी पुगेका छन् । उनले त्यहाँ आफ्ना मतदाताहरुसंग भेटघाट गरेका छन् । माडीमा प्रचण्डले शहीद परिवारमा पुगेर खाना खाएको तस्वीर उनकी छोरी गंगा दाहालले फेसबूकमा राखेकी छन् । गंगा प्रचण्डकी स्वकीय सचिव पनि हुन् । माडी ७ देवेन्द्र टोलस्थित माओवादी जनयुद्धका शहीद नीलकण्ठ सुवेदीको घरमा पुगेर प्रचण्डले बिहीवार बिहानको खाना खाएका हुन् । सुवेदीको आज स्मृति दिवस पनि परेको छ । माडीमा प्रचण्डले आजै परवी खोलामा निर्माणाधीन पुल उद्घाटन समेत गरेका छन् । प्रचण्डको निर्वाचन क्षेत्रअन्तर्गत माडी नगरपालिकाभित्र १३ वटा पुल निर्माणको चरणमा छन् । त्यसमध्ये २ वटा पुल निर्माण सम्पन्न भएको गंगाले फेसबूकमा लेखेकी छन् । पुल उद्घाटनकै लागि पुगेका प्रचण्डले जनतासँग अन्तरक्रिया पनि गरेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क