इन्फो नेपाल — सञ्चारको सञ्जाल

मउवासंघ नागरिकलाई सकुम्बासी बनाएर गरिने सडक विस्तारमा सहमत नहुने !

मकवानपुर: नागरिकलाई सकुम्बासी बनाएर गरिने सडक विस्तारमा सहमत हुन् नसक्ने मकवानपुर उद्योग वाणिज्य संघ(मउवासंघ)ले जनाएको छ । सडक डिभिजन हेटौंडाद्धारा आषाढ १० गते जारी गरिएको सूचनाबाट पीडित व्यवसायी तथा घरधनिहरुमा तनावको स्थिति सिर्जना भएको भन्दै नागरिकलाई सम्पत्तिको हकबाट बञ्चित गर्न नपाइने संवैधानिक दायित्वबाट विमुख हुँदै सडक डिभिजन हेटौंडाले नगरिकलाई सुकुम्बासी बनाउने कार्य अमानवीय रहेको मकवानपुर उद्योग वाणिज्य संघले बिज्ञप्तीमा उल्लेख गरेको छ । हेटौँडामा सडक विस्तार हुनुपर्नेमा कुनै विरोध नभएको तर नागरिकलाई सकुम्बासी बनाएर गरिने सडक विस्तारमा सहमत हुन नसकिने संघले जनाएको छ । व्यवसायीहरुलाई क्षतिपूर्तिसहित उचित व्यवस्थापन र घरधनिलाई मुअब्जा तथा क्षतिपूर्ति प्रदान गरे मात्र सडक विस्तारमा सहमत हुने संघका अध्यक्ष तथा हेटौडा बसोबास संरक्षण मूल समितिका संयोजक कृष्ण कुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायी तथा घरधनिहरुलाई उचित क्षतिपूर्ति तथा मुअब्जा प्रदान गरेर सहमतिमा समस्या समाधान नगरी मुअब्जा तथा क्षतिपूर्तिको कुनै पूर्वशर्त नराखी निर्मम रुपमा सडक डिभिजन हेटौंडा प्रस्तुत हुन खोज्नु सर्वथा गलत रहेको उनले बताएका छन् । सडक डिभिजन हेटौंडा एकपक्षीय रुपमा प्रस्तुत भएमा आफुहरु आन्दोलित हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क