इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरका प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार

हेटौँडा | मकवानपुरको बकैया गाउँपालिका-३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ।

बागमती गाउँपालिका-१ निवासी बोम्जन मकवानपुरको बागमतीबाट प्रदेश २-००३-००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गर्दा सिन्धुलीको हरिहरपुरगढी-६ मा उनीमाथि आक्रमण भएको हो। सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिहरूले बोम्जनमाथि मोटरसाइकल सवार अवस्थामा गोली चलाएका थिए।

बोम्जनका भाइ भने सुरक्षित रहेको जनाइएको छ। प्रारम्भिक उपचार सर्लाहीमा गरिसकेपछि थप उपचारका लागि उनलाई वीरगंज लगिएको छ। सिन्धुली प्रहरीले आक्रमणकारीहरूको खोजी गर्न विशेष टोली परिचालन गरेको जानकारी दिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क