इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरको मनहरीमा २ जनाको शव फेला

मकवानपुरको मनहरीको छुट्टाछुट्टै स्थानमा २ जनाको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित मनहरी बजारमा एक पुरुष र वडा नम्बर–९ रजैयामा अर्का एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मनहरी–७ मनहरी बजारमा फेला परेको शव स्थानीय ५७ वर्षीय राजु प्रसाद रौनियार रहेको छ भने मनहरी–९ मा फेला परेको शव स्थानीय ४२ वर्षीया अनिता गोपालीको रहेको छ । दुवै जनको शव मृतकको घरमा नै फेला परेको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरको छतमा सुतेका रौनियारको शव विहान फेला परेको प्रहरीको भनाई छ । उनको घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसैगरि, मनहरी–९ रजैयाकी गोपालीको शव आफ्नै घरमा झु^ण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृतक गौपाली आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । विहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । दुवैको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क