इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरगढी ५ मा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन हुने !

मकवानपुर: मकवानपुरगढी -५ धादिङमा निःशुल्क लोक सेवा तयारी विशेष कक्षा सञ्चालन हुने भएको छ । मकवानपुरगढी गाउँपालिकाका युवाहरूमा थप शैक्षिक स्तर वृद्धि तथा स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्यले मकवानपुरगढी वडा नम्बर ५ले निःशुल्क लोक सेवा तयारी विशेष कक्षा सञ्चालन गर्न लागेको वडा अध्यक्ष दिपेश दाहालले बताए । अध्यक्ष दाहालले मकवानपुरगढी गाउपालिका भित्र बसोबास गर्ने योग्यता पुगेका व्यक्तिहरूलाई निः शुल्क लोकसेवा विशेष तयारी कक्षामा सहभागि हुनको लागि अनुरोध समेत गरेका छन् । लोक सेवा तयारी कक्षामा सहभागी हुन् मकवानपुरगढी गाउपालिका भित्र बसोवास गर्ने नेपाली नागरिक हुनुपर्ने र एस.एल.सी /एस.ई.ई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने अध्यक्ष दाहालले जारी गरेको पत्रमा उल्लेख छ । असोज २५ गते देखि कार्तिक १४ गते सम्म आबेदन खुल्ला रहने र उक्त अबधीभर मकवानपुरगढी ५ नम्बर वडा कार्यालयमा निबेदन दिन सकिने जनाईएको छ  ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क