इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला

हेटौंडाः मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ ज्यामिरेमा महिलाको शव फेला परेको छ । शनिबार साँझ ७ः३० बजे सोही ठाउँका अन्दाजी ३५ वर्षीय वीरबहादुर वाईबाकी श्रीमती सरस्वती वाईबाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रीमान बिर बहादुर वाईबाले शुक्रबार श्रीमति हराएको भनि फोटोसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । श्रीमान बिर बहादुरले खोजी गर्दै जाने क्रममा ठुलोकान्छा वाईबाको घरबाट ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा श्रीमतिको शव भेटेका थिए । प्रहरी चौकी सिस्नेरीमा खबर गरे पश्चात् प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क