इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते

मकवानपुर: मकवानपुरको मनहरिमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मनहरि गाउँपालिका–७ स्थित बिजौनामा गए राति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ५१ वर्षीय कान्छीमाया तामाङ गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गए राति करिब ११:४५ बजेको समयमा तामाङलाई हात्तीले आक्रमण गरेको हो । घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीले आक्रमण गर्दा तामाङको ढाडमा चोट लागेर बेहोस भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । बेहोस भएकी तामाङलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ । हात्ती घटना स्थल नजिकै रहेकोमा स्थानीय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जङ्गलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क