इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा टोकन प्रणालीबाट सेवा सुरु

हेटौडा: जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पहिलो पटक टोकन प्रणालीबाट सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउन नागरिक सहायता कक्षको स्थापना गरी टोकन सेवा सुरु गरेको हो । सेवा लिन आउने नागरिकले अब नागरिक सहायता कक्षबाट सबै जानकारी पाउने र टोकन लिएपछि नागरिक सहायता कक्षकै कर्मचारीले सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए । अब नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्नुपर्ने अवस्था नरहने र सेवाग्राहीलाई सम्बन्‍धीत फाटमा पठाएर सेवा प्रदान गरिने पाण्डेको भनाई थियो । नागरिक सहायता कक्षकै कर्मचारीले निशुल्क राहदानी आबेदन फारम, राष्ट्रिय परिचयपत्र आबेदन फारम र सामान्य निवेदन समेत लेख्ने गरि कक्षा स्थापना गरिएको पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क