इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुईजना घाइते

मकवानपुर: मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्युको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–३, मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मनहरी–३ का २४ वर्षीय राजकुमार प्रजाको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मनहरी–३, हाँडीखोलाका ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४, सालघारीका २० वर्षीय प्रविण प्रजाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । दुर्घटनामा परी मनहरी–३, हाँडीखोलाका २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् । घाइते दुबैजना बोल्न सक्ने अवस्थामा नभएकाले के कारणले दुर्घटना भयो भन्ने बुझ्न कठिन भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घाइते दुबैजनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी टोली खटिएर उद्दार तथा दुर्घटनाको कारणबारे बुझ्ने प्रयास भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क