इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

हेटौंडा, ३१ मे । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबारबिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ नम्बरको यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परी २० जना यात्रु घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बसको अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर सडकबाट नालीमा कोल्टो परेको थियो । उक्त घटनामा बसमा रहेका २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् ।

घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकैको मेडिकल संस्थामा लगिएको थियो । त्यसमध्ये ११ जना घाइतेलाई स्थानीय मेडिकल संस्थामा नै उपचार भइरहेको छ भने बाँकी ९ जना घाइतेहरूलाई थप उपचारका लागि चितवन अस्पताल लगिएको छ ।

घटनास्थल तत्कालै प्रहरी पुगेको र घाइतेहरूको उद्धार कार्य तिव्रगतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरेको बताएको छ । यसबारे थप विवरण पछि प्राप्त हुने जनाइएको छ । घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क