इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा भाउजुको हत्यामा देवर पुर्पक्ष थुनामा

हेटौँडा | मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका देवरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले मंगलबार ३५ वर्षीय विमलमान गोपालीलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो। उनलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरी अनुसन्धानका लागि अदालतमा पेश गरेको थियो।

असार ५ गते बिहान भएको घटनामा ५० वर्षीया तुलुमाया गोपाली आफ्नै घरको आँगनमा मृत भेटिएकी थिइन्। प्रहरीले घटनास्थलबाट नै विमलमानलाई नियन्त्रणमा लिएको थियो। घटनामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ।

प्रहरी अनुसन्धानअनुसार, मृतक तुलुमाया र विमलमानबीच लामो समयदेखि पारिवारिक विवाद थियो। तुलुमाया लामो समयदेखि विमलमानलाई लागुऔषध र मदिरा छाड्न दबाब दिँदै आएकी थिइन्। यसै कारण उनीहरूबीच झगडा बढ्दै गएको र घटना अघिका महिनौंदेखि बोलचाल समेत बन्द भएको अनुसन्धानमा खुलेको छ। उनीहरू एउटै घरमा अलग चुलोमा बस्दै आएका थिए।

घटनाका बेला तुलुमाया घरको आँगनतिर निस्कँदै गर्दा विमलमानले खुकुरी प्रहार गरेका थिए। घाइते तुलुमायाको घटनास्थलमै मृत्यु भएको थियो।

सम्बन्धित समाचार

चित्लाङमा जिपको डिक्कीबाट ६ किलो बढी चरेशसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित चेकपोस्टमा प्रहरीले चेकजाँचका क्रममा ६ किलोभन्दा बढी अवैध लागुऔषध चरेशसहित एउटा महँगो मोडेलको जिप र दुई जनालाई नियन्त्रणमा लिएको…

इन्फो डेस्क

मकवानपुरको थाहा नगरमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० बिसुङ्खेलस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। चित्लाङबाट बिसुङ्खेलतर्फ जाँदै गरेको बा.प्र.०२–०६…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता