इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर - माघमा २ हजार ७ सय १९ जनाले लिए रास्ट्रिय परिचय पत्र

हेटौडा - मकवानपुरमा माघ महिनामा २ हजार ७ सय १९ जनाले रास्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरका छन् । एक हजार चार सय २७ जना महिला र एक हजार ३ सय ७२ जना पुरुषले परिचय पत्र नम्बर प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले मकवानपुरका राष्ट्रिय परिचयपत्र शाखाका कम्प्यूटर अपरेटर सगुन पुडासैनी जानकारी दिए । उनका अनुसार परिचय पत्र नम्बर हराएर कार्यालय आउनेको शख्या बढेको छ । माघ २९ गते देखी रास्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले कल सेन्टर सेवा उपलब्ध गराएको र कल सेन्टर मार्फत समस्या वा गुनासो राख्न सक्ने र सम्पर्क बाटै बिभिन्न सेवा तत्काल उपलब्ध हुने उनले जानकारी दिए । फागुन महिनाको २२ गते सम्म २ हजार ५३ जनाले परिचय पत्र नम्बर लिएको उनले बताए ।
  • १ हजार ८ सय ६१ जनाले लिए राहदानी
मकवानपुर बाट माघ महिनामा राहदानी प्राप्त गर्नेको संख्या १ हजार ८ सय ६१ रहेको जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाका नायक शुवा गणेश नेपालीले जानकारी दिए । माघ महिनामा ९ सय ११ महिला , ९ सय ३२ पुरुष र १६ जना बालकले राहदानी लिएको नेपालीले बताए । उनका अनुसार पछिल्लो समय राहदानी लिनेको भिड लाग्ने गरेको छ ।
  • नागरिकता लिनेको संख्या १ हजार २ सय ६२
मकवानपुरमा माघ महिनामा नागरिकता लिनेको संख्या १ हजार २ सय ६२ जना रहेका छन् । सूचना प्रविधि शाखाका कम्प्यूटर अपरेटर अमित कुमार कर्णका अनुसार माघ महिनामा ५ सय ९९ जना पुरुष र ६ सय ६२ जना महिलाले नागरिकता लिएका हुन् त्यस्तै एक जनाले बैबाहिक अंगिकृत नागरिकता प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क