इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मकवानपुर: मकवानपुरकाे भिमफेदी गाउँपालिका-६, जुरिखेतमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । बुधबार हेटौंडा-भिमफेदी-कुलेखानी-काठमाण्डौ सडकखण्डमा माेटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाण्डौतर्फ बाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरकाे माेटरसाइकल आफै अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसी दुर्घटना भएको हाे । दुर्घटनामा बारा पर्सौनि नगरपालिका-५, बस्ने २५ बर्षीय लालबाबु सहनि मलाहा गम्भीर घाइते भएका थिए । घाइते भएका लालबाबु उपचारको लागि जिल्ला अस्पताल हेटौंडा लगिएकोमा उपचारकाे क्रममा राति ८ बजेर ३५ मिनेटमा डाक्टरले मृत घाेषणा गरेकाे प्रहरीले जानकारी दिएकाे छ । बिहीबार बिहान ७ बजेर २० बजेकाे समयमा प्रहरी टाेलि घटना स्थलमा पुग्दा माेटरसाइकालमा पछाडी सवार बारा पर्सौनि नगरपालिका-५, बस्ने २० बर्षीय गोरख भन्ने रबिन्द्र मण्डल सडकबाट २०० फिट तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क