इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा-१७ हटियाको कठाएत चोकमा सवारी दुर्घटना भएको छ । बुधबार बिहान हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । स्कुटर चालक नुवाकोट ककनी नगरपालिका-४ की अन्दाजी २८ वर्षीया जीना लामाको भने उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडी सवार हेटौंडा-१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटरमा सवार बागमती-८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क