इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा राहदानी लिनेको संख्या ह्वात्तै बढ्यो !

मकवानपुर: मकवानपुर जिल्लामा राहदानी लिनेको संख्या बढेको पाईएको छ । आर्थिक बर्ष २०७८/७९को तुलनामा गत बर्षमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले २३० प्रतिशत भन्दा धेरै राहदानी वितरण गरेको जनाएको  छ  । गत बर्ष २०७९/८०मा मकवानपुरमा २३ हजार ३ सय ८३ जनाले दिएको आबेदन मध्ये २१ हजार ६ सय जनाले राहदानीको प्रमाण पत्र प्राप्त गरेका छन् । आर्थिक बर्ष  २०७८/७९ मा राहदानीको लागि आवेदन दिने ६ हजार ९ सय ४७ रहेका थिए जसमा ६ हजार ५ सय ३२ जनालाई राहदानी वितरण गरिएको थियो भने ४ सय १५ जनालाई वितरण गर्न बाँकी रहेको थियो  ।  गत बर्ष २०७९/८०मा भने १६ सय ५१ जनाको राहदानी वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । यस्तै कार्यालयले राहदानी दस्तुर मार्फत १२ करोड २७ लाख ४२ हजार ७ सय ५० रुपयाँ राजस्व संकलन गरेको छ । उक्त रकम आर्थिक बर्ष २०७८/७९को तुलनामा १०६ प्रतिशत भन्दा धेरै हो । गत बर्ष मकवानपुरबाट बंशजको आधारमा नागरिकता लिनेको संख्या १५ हजार ३२ पुगेको छ ।  जसमा ७ हजार ६४ पुरुष र ७ हजार ९६८ महिला रहेको कार्यालयले जनाएको छ ।  त्यस्तै बैबाहिक अंगिकृत नागरिकता लिनेको संख्या २२ रहेको छ भने जन्मको आधारमा नेपालि नागरिकता प्रदान गरको नागरिकको १ सय १२ सन्तानलाई  बंशजको आधारमा नागरिकता प्रदान गरिएको छ । नागरिकता वितरणमा बृद्धि हुनुका साथै राष्ट्रिय परिचयपत्र जारी गर्ने कार्यमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले कमी आए पनि कार्यालयले गत वर्ष २०७९/०८० मा २९ हजार ३०८ व्यक्तिबाट राष्ट्रिय परिचयपत्रका लागिआवेदनको विवरण सङ्कलन गरेको छ ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क