इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर प्रहरीले गर्यो ६१ बिगाह लागुऔषध गाँजा फडानी

हेटौंडाः मकवानपुर प्रहरीले ६१ बिगाह ३ कठ्ठा लागुऔषध गाँजा फडानी गरेको छ । सोमबार जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानको लागुऔषध गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाकारी दिए । मकवानपुर प्रहरीले लागुऔषध खेती फडानी गर्न एक सय ३७ जना प्रहरी परिचालन गरेको थियो । प्रहरीले राक्सिराङ गाउँपालिका–९, सोराङ, रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ बिगाह, राक्सिराङ–४, जयसिङताल, यतीखोला क्षेत्रमा २७ बिगाह ३ कठ्ठा र कैलाश–९, को गैरीखेत, साखिनी, वडा नम्बर–१०, को बाजोखेत क्षेत्रमा १९ बिगाह लागुऔषध गाँजा फडानी गरेको हो । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका अधिक गाँजा हुने स्थान भएकोले गाँजाको फुलखेल्ने समय पारेर नष्ट गरेको हो । प्रहरीले वर्षेनि ति स्थानहरुमा अवैध लागुऔषध खेति नष्ट गर्दै आएको छ । सूचना

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क